२१ कात्तिक २०८३, शनिवार

आईएफसीले माथिल्लो कर्णालीमा सेयर लगानी गर्ने, सम्झौता सोमबार

२०७१ पुष ५, शनिवार
आईएफसीले माथिल्लो कर्णालीमा सेयर लगानी गर्ने, सम्झौता सोमबार

अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थमन्त्रालयमा भेटी आईएफसीका कन्ट्री मेनेजर काइल केलहोफरले सो कुराको जानकारी दिनुभएको हो । सो अवसरमा दिइएको जानकारी अनुसार १० प्रतिशत सेयर लगानीका साथै आईएफसीले उक्त परियोजनालाई आवश्यक पर्ने अन्य स्रोत पनि जुटाइदिने भएको छ । यससम्वन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर हुँदैछ । कन्ट्री मेनेजर केलहोफरले  भने, अव स्रोतको अभाव हुने छैन । हामीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर पनि केही स्रोतको व्यवस्था गर्नेछौं । आईएफसी लगायत अन्य संस्थाहरुबाट पनि स्रोतको व्यवस्था हुँदैछ । उनले माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशुली जलविद्युत आयोजनामा पनि आईएफसीले लगानी गर्ने जानकारी दिए ।
सो अवसरमा अर्थमन्त्री डा महतले अन्य आयोजनाहरुमा लगानी गर्नका लागि पनि आईएफसीलाई भने । जवाफमा केलहोफलरले शुरुका यी आयोजनाहरुको सफल कार्यान्वयन भएपछि आईएफसीले माथिल्लो कर्णालीभन्दा ठूला अन्य आयोजनाहरुमा पनि लगानी गर्ने जानकारी दिए । आईएफसीले सेयर लगानी गर्ने र बाँकी स्रोतको व्यवस्था पनि गरिदिने भएपछि जीएमआरलाई स्रोत जुटाउन कठिन हुने हो कि भन्ने आशंका पनि अव हटेको छ । अर्थमन्त्री डा महतले नेपालको जलविद्युतका क्षेत्रमा आईएफसीले लगानी गर्न थालेकोमा खुसी व्यक्त गरेका थिए ।

काठमाडौ । माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई लगानी जुटाउने सम्वन्धी एक सम्झौतामा आगामी सोमबार प्रवद्र्धक कम्पनी जीएमआर र आईएफसीबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ ।  विश्व बैंक अन्तर्गतको निजी क्षेत्रमा लगानी गर्ने संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन आईएफसीले १० प्रतिशत सेयर लगानी गर्ने भएको छ ।

अभिलेख

लोकप्रिय