२१ कात्तिक २०८३, शनिवार

सिभिक बैंकले १५.७९ प्रतिशत नगद लाभांश दिने

२०७१ पुष ३, बिहिबार
सिभिक बैंकले १५.७९ प्रतिशत नगद लाभांश दिने

धादिङ । धादिङ जिल्लामात्र कार्यक्षेत्र रहेको सिभिक डेभलपमेण्ट बैकको सेयर दाखिला तथा खारेजी वन्द भएको छ । पुस १६ गते हुने पांचौ बार्षिक साधारण सभा प्रयोजनाका लागि मंगलवारवाट सेयर दाखिला तथा खारेजी वन्द गरिएको बैकले जनाएको छ ।
बैकले पांचौं बार्षिक साधारण सभा मार्फत अघिल्लो आर्थिक बर्षको खुद मुनाफा मध्येवाट १५ दशमलव ७९ प्रतिशत अर्थात ७८ लाख ९५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने तयारी गरेको बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले बताए ।
साधारण सभामा चुक्ता पुँजी बृद्धिको लागि एक बरावर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत रहेको पनि बैकले जनाएको छ । बजार पुँजीकरण नौ करोड ८८ लाख रुपैया पुगेको बैकको पछिल्लो पटक दुई सय ४७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ । स्टकमा बैकको एक सय रुपैया अंकित मूल्य कायम रहेको चार करोड रुपैयाँबराबरको चार लाख सेयर सूचीकृत भएको पनि महाप्रवन्धक वज्राचार्यले जानकारी दिए ।

अभिलेख

लोकप्रिय