सिभिक बैंकले १५.७९ प्रतिशत नगद लाभांश दिने
धादिङ । धादिङ जिल्लामात्र कार्यक्षेत्र रहेको सिभिक डेभलपमेण्ट बैकको सेयर दाखिला तथा खारेजी वन्द भएको छ । पुस १६ गते हुने पांचौ बार्षिक साधारण सभा प्रयोजनाका लागि मंगलवारवाट सेयर दाखिला तथा खारेजी वन्द गरिएको बैकले जनाएको छ ।
बैकले पांचौं बार्षिक साधारण सभा मार्फत अघिल्लो आर्थिक बर्षको खुद मुनाफा मध्येवाट १५ दशमलव ७९ प्रतिशत अर्थात ७८ लाख ९५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने तयारी गरेको बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले बताए ।
साधारण सभामा चुक्ता पुँजी बृद्धिको लागि एक बरावर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत रहेको पनि बैकले जनाएको छ । बजार पुँजीकरण नौ करोड ८८ लाख रुपैया पुगेको बैकको पछिल्लो पटक दुई सय ४७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ । स्टकमा बैकको एक सय रुपैया अंकित मूल्य कायम रहेको चार करोड रुपैयाँबराबरको चार लाख सेयर सूचीकृत भएको पनि महाप्रवन्धक वज्राचार्यले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
