२१ कात्तिक २०८३, शनिवार

बीपी नेत्र प्रतिष्ठानलाई “नेपाल सहयोग”

२०७१ पुष २, बुधबार
बीपी नेत्र प्रतिष्ठानलाई “नेपाल सहयोग”

काठमाडौं । बीपी नेत्र प्रतिष्ठान र भारतीय राजदूतावास, काठमाडौं बीच नेपालमा बीपी नेत्र प्रतिष्ठानलाई “नेपाल सहयोग”बजेट अन्तर्गत कानको सल्यक्रिया तथा विद्यालय कान स्वास्थ्य कार्यक्रमको लागि ४ करोड ९४ लाख सहयोग प्रदान गर्न दुई सम्झौता भएको छ ।

कर्ण सल्यचिकित्सा कार्यक्रमले कान सम्बन्धि स्वास्थ्यकर्मी जनशक्ति विकास गर्न तालिम प्रदान तथा कानका सबै विरामीलाई सेवा पुग्ने गरी जिल्ला कर्णस्याहार केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । थप उपचारको आवश्यकता पर्नेहरुको लागि अंचल अस्पतालमा सिफारिश गरिनेछ । यस कार्यक्रमले चरणबद्ध रुपमा नेपालमा श्रवणशक्ति विकास गरी स्वास्थ्य सेवा प्रदान गर्नै लक्ष्य राखेको छ । नेपालका ग्रामीण भेगका १२ हजार ५ सय जनतालाई सेवा दिने अपेक्षा गरिएको उक्त कार्यक्रमले निशुल्क १ हजार २ सय ५० वटा कानको शल्यक्रिया तथा १ हजार २ सय ५० वटा श्रवण उपकरण प्रदान गर्नेछ । काडमाण्डौ उपत्यकाका तीनै जिल्लामा तथा तराइको मोरङ तथा पहाडको काभ्रेपलाञ्चोक जिल्ला यो सेवा प्रदान गरिने छ ।

विद्यालय कान स्वास्थ्य कार्यक्रम अन्तर्गत उपत्यकाका तीन जिल्लाका ७५ विद्यालयहरुमा विद्यालय जाने ३७ हजार ५ सय वालवालिकाहरुको श्रवण जाँच गरिने छ । कान स्वास्थ्य परिक्षण अन्तर्गत ती विद्यालयका ३७५ शिक्षकहरुलाई तालिम प्रदान गरिनुको साथै १ हजार श्रवण उपकरणहरु वितरण गरिनेछ ।

स्वास्थ्य क्षेत्र भारत नेपाल सहयोगको एक महत्वपूर्ण भाग हो । औषधी तथा उपकरणहरुको वितरण तथा प्रमुख स्वास्थय परियोजना निर्माणमार्फत नेपालका सुदूर कुनामा समेत भारतीय सहयोग विस्तार गरिएको छ ।

भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालन हुने यो बीपी नेत्र प्रतिष्ठानलाई सहयोग परियोजना नेपालका लगभग सबै जिल्लाहरुलाई समेट्ने गरी विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला तथा साना ५ सय भन्दा धेरै परियोजनाहरुको लागत ने.रु. ७५०० करोडभन्दा बढी रहेको छ । यी विकास परियोजनाहरु स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन गरिएका छन् ।

अभिलेख

लोकप्रिय