२१ कात्तिक २०८३, शनिवार

एकै गाउँमा झण्डै २ करोडको सुन्तला

२०७१ पुष २, बुधबार
एकै गाउँमा झण्डै २ करोडको सुन्तला

चितवन । चितवनको सुन्तला पकेट क्षेत्रमध्येको एक दारेचोक गाविस–१ र ५ मा रहेको एकै गाउँमा एक करोड ७५ लाखको सुन्तला उत्पादन भएको छ ।

दारेचोकको तोकदाङ क्षेत्रमामात्रै करिब ५० हेक्टर क्षेत्रमा सुन्तलाखेती हुन्छ । जिल्ला कृषि कार्यालय चितवनले सो क्षेत्रलाई सुन्तला पकेट क्षेत्र मान्दै आएको कृषि अधिकृत शिवराज पौडेलले बताए ।
‘अघिल्लो वर्ष रु १५ लाखको सुन्तला बेचेको थिए ।’ कृष्णबहादुर गुरुङले भन्ने, ‘सुन्तलाले आम्दानी बढेको छ ।’ अहिले कृष्णबहादुरको बगानमा मात्र ६०० सुन्तलाको बोट छ । यहाँका किसानले एक आर्थिक वर्षमा कम्तीमा चारदेखि बढीमा २० लाखसम्म सुन्तलाबाट आम्दानी लिन्छन् ।

कृषि कार्यालयले दारेचोक, काउले र चन्डीभञ्ज्याङ गाविसलाई सुन्तला पकेटक्षेत्र मान्दै आएको छ । चितवनमा २४५ हेक्टर क्षेत्रफलमा सुन्तला र कागती उत्पादन हुँदै आएको छ ।

अभिलेख

लोकप्रिय