स्वच्छ सहकारी
– सुजना पाण्डे
जागौं जागौं जागौं अब जाग्ने बेला भो
सहकारी अभियान स्वच्छ राख्ने बेला भो ।।
तीन खम्वे नीतिको एक खम्वा हो सहकारी
मौलाउँदा सहकारी घट्छ, गरीबी र बेरोजगारी ।।
………………………….
सहकारी संघ—संस्था हाम्रै वरीपरी
सफलता र समृद्धि भने मात्र सीमापारी ।।
जताहेर्यो उतै देखिन्छन् सहकारीकर्मी
सहकारीकर्मीनै फैलाउँदैछन् बेइमानी र वेशर्मी ।।
………………………….
भाषणमा होइन शासनमा अब सहकारीलाई सुधार्नुछ
स्वच्छ व्यवहार र चरिेत्रले आफैलाई सिंगार्नु छ ।।
चाकडीको खेती र विकृतिको मेलामेसो अब यहीं रोकौं
वास्तविक अभियन्ताको सपनालाई अब साकार पारौं ।।
………………………….
सभा र गोष्ठि अनि दौडधुपले मात्र हुँदैन सहकारीको विकास
नीति र नियत ठीक गरी खोज्नुपर्छ सहकारी विकासको निकास ।।
शान्ति, सफलता, समृद्धि, संस्कृतिको सारथी हो सहकारी अभियान
अभियानको मर्म वुझि आफनो चित्र कोरौं सहकारीमा महान ।।
………………………….
सहकारी शासन र विधि संसार उजिल्याउने साधन हुन्
अहिलेका सहकारीकर्मी हेर्यो भने लाग्छ यी मान्छे हुन की बाँदर हुन् ।।
सहकारीको सुन्दरता र सौम्यता अब बचाइराख्नुछ
देश विकासको माध्यम अब सहकारीलाईनै बनाउनु छ ।।
जय सहकारी ।।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
