२१ कात्तिक २०८३, शनिवार

समाजसुधार कृषि सहकारी पुरस्कृत

२०७१ पुष १, मङ्गलबार
समाजसुधार कृषि सहकारी पुरस्कृत

बारा । राष्ट्रिय सहकारी बैंकले समाजसुधार कृषि सहकारी संस्था डुमरवानालाई पुरस्कृत गरेको छ । बैंकले उत्पादनतर्फ उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो ।

बैंकको एघारौं वार्षिक साधारणसभामा सम्माननीय उपराष्ट्रपति परमानन्द झा, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल, बैंकका अध्यक्ष रमेश पोखरेल र प्रवन्ध सञ्चालक केबी उप्रेतीले संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीलाई सम्मान गरे । यसअघि बाराको हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमरा र साना किसान कृषि सहकारी संस्था डुमरवानालाई बैंकले उत्कृष्ट कारोवारकर्ताको रुपमा सम्मानित गरेको थियो ।

तीन वर्षअघि स्थापना भएको समाजसुधार कृषि सहकारीले कृषक सदस्यहरुको जीवनस्तर सुधारका लागि उन्नत जातको वीउबिजन उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने, सामुहिक खेती र बचत तथा ऋणको कारोवारसमेत गरिरहेको छ ।

अभिलेख

लोकप्रिय