२१ कात्तिक २०८३, शनिवार

पोखरा स्थित कल्पवृक्ष सहकारीको नौ लाख लुटपाट गर्ने पक्राउ

२०७१ मंसिर २९, सोमबार
पोखरा स्थित कल्पवृक्ष सहकारीको नौ लाख लुटपाट गर्ने पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–९ नयाँबजारमा रहेको कल्पवृक्ष बचत तथा सहकारी संस्थाको नौ लाख रकम लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

गत वर्षको भदौ २८ गते पोखराको चिप्लेढुङ्गामा रहेको स्पेक्स विकास बैंकबाट उक्त रकम झिकी ग१प ८१३० नम्बरको मोटरसाइकल चढी कार्यालयतर्फ जाँंदै गर्दा सहकारीका कर्मचारी शालिग्राम पौडेललाई बाटोमा रोकी हामी ट्राफिक प्रहरी हौँ गोलघरबाट आएका हौँ तपाईको मोटरसाइकलको बारेमा वुझ्नु छ भनी निज पौडेललाई मोटरसाइकलबाट झारी अभियुक्तहरूले झोलाको पैसा लुटी लगेको प्रहरीले जनाएको छ ।

लुटेराहरूको खोजतलास गर्ने क्रममा नारायण राई र सुशीलकुमार दुलाललाई सोधपुछ गर्दा निजहरू सहितका विकल्प भन्ने विजय केसी र वसन्त गिरी मिली योजनाबद्ध तवरले उक्त रकम लुटपाट गरेको खुल्न आएको बताइएको छ ।

घटनामा संलग्नमध्ये सुशील र नारायण प्रहरी हिरासतमा रहेका छन् भने अन्य अभियुक्तहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

अभिलेख

लोकप्रिय