२१ कात्तिक २०८३, शनिवार

नेपालमा भारतीय रूपैयाको कुनै कमी छैन – गभर्नर डा खतिवडा

२०७१ मंसिर २९, सोमबार
नेपालमा भारतीय रूपैयाको कुनै कमी छैन – गभर्नर डा खतिवडा

उनले वैंकिङ कारोबारमार्फत उद्यमी एवं व्यापारिक फर्मलाई भारतीय रूपैया चाहेअनुसार उपलब्ध गराउँदै आएको जानकारी दिँदै नगदको कारोबारलाई निरुत्साहित गर्न बैंक लागि परेको धारणा व्यक्त  गरे ।
गर्भनर डा खतिवडाले नेपालमा भारतीय हजार तथा पाँच सय दरका नोट चल्ने सैद्धान्तिक सहमति भइसकेको र भारत सरकारको निर्णय आउने बित्तिकै खरिद बिक्री सुरु हुने जानकारी दिए । उनले कृषि क्षेत्रमा २० प्रतिशत लगानी नगर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गरिने उल्लेख  गरे । मोरङ, इलाम, पाँचथर जिल्लामा शाखा रहेको सप्तकोशी विकास बैंकको अधिकृत पूँजी रु २० करोड र चुक्ता पूँजी रु ६ करोड रहेको छ ।

विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले नेपालमा भारतीय रूपैयाको कुनै कमी नभएको वताएका छन्  । सप्तकोशी विकास बैंकको कर्पोरेट शाखाको उद्घाटनपछि पत्रकारहरूसँग सङ्क्षित कुरा गर्दै गभर्नर डा खतिवडाले आवश्यकता अनुसार भारतीय रूपैया सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

अभिलेख

लोकप्रिय