२१ कात्तिक २०८३, शनिवार

सिनेमान्डू २१औं शृंखलामा ‘टलकजंग भर्सेज टुल्के’

२०७१ मंसिर २८, आईतवार
सिनेमान्डू २१औं शृंखलामा ‘टलकजंग भर्सेज टुल्के’

काठमाडौं । केही समय अघि मात्र प्रर्दशनमा आएको नेपाली चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ राजधानीमा प्रर्दशन गरीएको छ । सिनेमान्डू २१औं शृंखलामा चलचित्र नेपाल भारत पुस्तकालयमा प्रदर्शन गरिएको हो ।

चलचित्रका निर्देशक निश्चल बस्नेतले नेपाली परिवेशसंग मिल्दो भएकाले निर्मार्ण गरिएको बस्नेतले कार्यक्रममा बताए ।
चलचित्रमा अभिनय गर्दाको अनुभव सो चलचित्रकी अभिनेत्री ऋचा शर्माले कार्यक्रममा सुनाइन् । भारतीय दूतावासका प्रथम सचिव अभय कुमारले चलचित्रको प्रशंसा गर्दै सम्बन्धित निर्माता÷निर्देशक एवं कलाकारलाई कार्यक्रममा उपहार प्रदान गरेका थिए ।
यस चलचित्रलाई रबिन्द्ररसिंह बानियाँले निर्मार्ण गरेका हुन् ।

अभिलेख

लोकप्रिय