सहकारी स्थलगत अवलोकनको क्रममा इलाम
इलाम । मुलुकका नमूना सहकारीहरुको स्थलगत अवलोकन गरी ज्ञान, सीप र क्षमता विकास गर्ने उद्देश्यले बाराको डुमरवानामा रहेको समाजसुधार कृषि सहकारी संस्था इलाम बजार पुगेको छ ।
ईलाममा रहेको चियावारी कृषि सहकारी संस्था र ईलाम दुग्ध उत्पादक सहकारी संस्थासमेतको स्थलगत अवलोकन गरेको छ । टोलीमा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेल, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोेत्तम पोखरेल, संस्थाका अध्यक्ष नारायणदत्त अधिकारी, व्यवस्थापक रविन्द्र भण्डारी, शिक्षा तथा तालीम संयोजक सीमा ठकुरीलगायत ३७ जना सहभागी रहेका छन ।
इलामपछि सुनसरी, झापा, धनकुटा र मोरङका विभिन्न उत्कृष्ट सहकारी संस्थाहरुको स्थलगत अवलोकन भ्रमण गर्ने, राष्ट्रिय सहकारी बैंकको २९ गते बिराटनगरमा हुने एघारौं वार्षिक साधारणसभामा सहभागी भएर फर्कने कार्यक्रम रहेको छ ।
तीन वर्षअघि स्थापना भएको समाजसुधार कृषि सहकारीले कृषक सदस्यहरुको जीवनस्तर सुधारका लागि उन्नत जातको वीउबिजन उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण गर्ने, सामुहिक खेती र बचत तथा ऋणको कारोवारसमेत गरिरहेको छ । संस्थाले गत वर्ष डिभिजन सहकारी कार्यालयले उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेको समाजसुधारलाई यस वर्ष राष्ट्रिय सहकारी बैंकले एघारौं वार्षिक साधारणसभामा उत्कृष्ट व्यवसाय पुरस्कार प्रदान गर्दैछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
