२१ कात्तिक २०८३, शनिवार

खुम्बुको जनजीवन प्रभावित

२०७१ मंसिर २८, आईतवार
खुम्बुको जनजीवन प्रभावित

सोलुखुम्बु । शनिवार साँझदेखि सिमसिम पानीसँगै परेको बाक्लो हिमपातका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुको जनजीवन प्रभावित भएको छ ।

डेढ फिटभन्दा बाक्लो हिउँ जमेका कारण स्थानीय तथा नाम्चे, लुक्लामा रहेका पर्यटक घरबाट बाहिर निस्कनसमेत नसकेका नाम्चेका व्यवसायी युवास तामाङले बताए ।

अहिले पनि हिमपात भइरहेकाले केही पर्यटक हिउँ खेल्न निस्किएको भएपनि अत्याधिक चिसोका कारण प्रायःजसो घरभित्रै रहेका स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिए ।

हिमपातकै कारण सोलुखुम्बुमा रहेका तीनवटै विमानस्थलमा आज हवाई उडान अवरुद्ध भएको छ । लुक्ला विमानस्थलमा बाक्लो हिउँ जमेको छ भने लुक्ला, फाप्लु तथा काँगेल तीनवटै विमानस्थलमा बिहानैदेखि बाक्लो हुस्सु लागेको कारण उडान हुन नसकेको नेपाल वायुसेवा निगम फाप्लुका स्टेसन म्यानेजर गणेश श्रेष्ठले जानकारी दिए ।सदरमुकाम आसपासका लामोजुरा, रातनाङेलगायत डाँडापाखामा पनि हिउँ परेको छ भने हिजो साँझदेखि अहिलेसम्म जारी सिमसिम पानीले चिसो अत्यधिक बढेको छ ।

चिसोका कारण आज जिल्लाको माथिल्लो क्षेत्रका अधिकांश विद्यालयको पढाईसमेत अवरुद्ध भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय