२१ कात्तिक २०८३, शनिवार

भक्तपुर जिल्ला सहकारी सङ्घमा शाह

२०७१ मंसिर २८, आईतवार
भक्तपुर जिल्ला सहकारी सङ्घमा शाह

भक्तपुर। जिल्ला सहकारी सङ्घ भक्तपुरका अध्यक्षमा पुनः सुरेन्द्रप्रताप शाह निर्विरोध चयन हुनुभएको छ । सङ्घको १६औँ वार्षिक साधारणसभाबाट सङ्घका उपाध्यक्षमा केदार खड्का विजयी हुनुभएको छ । त्यस्तै सात सदस्यमा वीरेन्द्रभक्त प्रधानाङ्ग , सावित्री धौभडेल, महेश श्रेष्ठ, कृष्णहरि सैँजु, कृष्णराम वासुकला, नारायणप्रसाद स्वङ्गमिखा र बालमुकुन्द सुवाल विजयी हुनुभएको सङ्घले जनाएको छ ।

त्यसैगरी सङ्घका लेखासमितिको संयोजकमा सविता खत्री निर्वाचित हुनुभएको छ । यसअघि सदस्यमा तुलसा खड्का र रामचन्द्र प्रजापति निर्विरोध चयन हुनुभएको थियो ।

अभिलेख

लोकप्रिय