गाउँका सहकारीः निक्षेप बढ्यो , लगानी बढेन
म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्था लगानी गर्न नसकेर समस्यामा परेका छन् । गाउँगाउँमा सहकारी खुलेसँगै स्थानीयमा बचत गर्ने बानीको विकास बढे पनि निक्षेप सङ्कलनको अनुपातमा लगानी हुन सकेको छैन ।
ताकम, बिम, सिंगा तातोपानी, दरबाङ, बाबियाचौर, भुरुङ तातोपानीलगायत ग्रामीण क्षेत्रमा सञ्चालित सहकारी संस्थाले लगानीको सीमित क्षेत्र हुँदा समस्या भएको जनाएका छन् । रु २२ लाख ३५ हजार सेयर पुँजी रहेको ताकमको अन्नपूर्ण व्यावसायिक कृषि सहकारी संस्थाले गत आर्थिक वर्षमा रु ४८ लाख ६० हजार निक्षेप, रु ५० लाख ४७ हजार लगानी गरेको थियो भने रु २० लाखको हाराहारीमा लगानी हुन बाँकी देखिएको थियो ।
यसैगरी गत आर्थिक वर्षमामात्र रु पाँच करोड ३६ हजार निक्षेप सङ्कलन गरेको ताकम बहुउद्देश्यीय सहकारी संस्थाले रु दुई करोड २४ लाख १२ हजारमात्र लगानी गर्न सकेको थियो ।
कृषि, पशुपालन, व्यापार व्यवसाय र वैदेशिक रोजगारीमा लगानी हुने गरेको बताउँदै ताकम बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक गोपाल आचार्यले गाउँमा धितो राखिने घर जग्गाको मूल्याङ्कन कम हुनाले जोखिम बढी हुने बताउछन ।
गाउँका केही सहकारीले पेन्सनपट्टा धितो राख्ने गरे पनि असुरक्षाका कारण सुन धितो राखेर कर्जा प्रवाह गर्न सकेका छैनन् । बैंकमा भन्दा बढी ब्याज पाइने भएकाले सर्वसाधारणले सहकारीमा पैसा बचत गर्न आकर्षित भएका छन् । राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका सदस्य रामबहादुर जिसीले ग्रामीण क्षेत्रका सहकारीले लगानीको नयाँ क्षेत्र पहिचान र विस्तार गर्न आवश्यक रहेको बताए । विशेष गरेर तरकारी, फलफूल खेती, पशुपालन र उद्यम व्यवसायमा कर्जा प्रवाह गराउन प्राथमिकता दिएमा रोजगारी सिर्जनाको साथमा गाउँमा आर्थिक गतिविधि बढ्ने जिसीको भनाइ छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
