२१ कात्तिक २०८३, शनिवार

कोहिनूर सहकारीको कारोबार २३ करोड ७२ लाख

२०७१ मंसिर २७, शनिवार
कोहिनूर सहकारीको कारोबार २३ करोड ७२ लाख

 

देहाती । बिरगंज स्थित कोहिनूर बचत तथा ऋण सहकारी संस्था लि. बिरगंजको तेस्रो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभा सस्थाकी अध्यक्ष श्रीमती मोस्तकिमा खातुनकी सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्सा निमित्त प्रमुख अरुण कुमार बस्नेत, नेशनल मेडिकल कलेजका एमडि बसरुदीन अंसारी, बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पडित, सुनौलो बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष सुरेश कुशवाहा, शिवम् बचत तथा ऋण सहकारी सस्था लि. का प्रबन्धक राजेन्द्र जैसवाल, जय गणेश बचत तथा ऋण सहकारी सस्था लि. का वरिष्ठ सल्लाहकार बीरगंज उप–महानगरपालिका कार्यालयका अधिकृत शम्भु गुप्ता, संस्थाका कोषाध्यक्ष तथा नेपाल औषधि व्यवसायी संघका अध्यक्ष ताजुदिन अंसारी, विस्कोका अध्यक्ष डि.बी कार्की, प्राईम बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष राजेश पटेल, राष्ट्रिय सहकारी बैंक पर्सा शाखाका प्रबन्धक युराज त्रिपाठी, भवती बचत तथा ऋण सहकारी सस्था लि. का प्रतिनिधी रामनिवास देहाती, लाली गुराँस बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष हरेराम पटेल, एकता समुह  बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष पन्नालाल महतो, जय लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष नगनारायाण सिंह लगाएय अतिथि रहेका थिए ।

सो अवसरमा सस्थाकी अध्यक्ष खातुनले बीरगंज नेशनल मेडिकल कलेजमा कोहिनूर बचत तथा ऋण सहकारी संस्था लिको नवनिर्मित भवनको उदघाटन समेत गरीन् । संस्थाको कुल कारोबार २३ करोड ७२ लाख रहेको सभामा जानकारी दिइयो ।

अभिलेख

लोकप्रिय