असल ऋणीलाई ‘करुवा’ उपहार

असल ऋण कारोवार गरेवापत संस्थाबाट सम्मान स्वरुप करुवा उपहार पाउंदै ।
तस्बिर : केशव अधिकारी/धादिङ
धादिङ । जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको भैरबी बचत तथा ऋण सहकारी संस्थाले समयमै ऋण तिरेवापत सदस्यहरुलाई सहकारीको सम्झना ताजा राख्न पानी खाने ‘करुवा’ उपहार दिएको छ ।
शनिवार धादिङबेसीमा सम्पन्न भएको संस्थाको १३ औं बार्षिक साधारण सभाको अवसर पारेर ६१ जना असल ऋणीलाई संस्थाले ‘करुवा’ उपहार दिएको हो । साधारण सभामा संस्थाले आफ्ना शेयरसदस्यका छोरा छोरी मध्येवाट २०७० सालको एसएलसी परीक्षामा उत्कृष्ठ अंक ल्याउन सफल पुजा बज्रचार्य र सुजन दनैलाई नगद ५ हजारका साथै प्रशंसा पत्र दिएर सम्मान गरेको छ । त्यसै गरी २०७० सालमा एसएलसी उत्तीर्ण गर्ने शेयर सदस्यका ३० जना छोराछोरीलाई पनि सोही अवसरमा प्रशंसा पत्र दिएर सम्मान गरिएको थियो ।
आर्थिक वर्ष ०७०/०७१ मा सबै खर्च कटाई १५ लाख ५४ हजार १ सय ८३ रुपैंया नाफा भएको संस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठले कार्यक्रममा वताए । २०७१ कात्तिक मसान्त सम्ममा शेयर पुंजी ६२ लाख २३ हजार ६ सय पुगेको र शेयर सदस्यहरुका बिच ५ करोड ३३ लाख ५३ हजार ४ सय ८ रुपैया लगानीमा रहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । हाल ८ सय ६५ जना सेयर सदस्य र १ सय ९२ जना बाल बचतकर्ता रहेको सस्थालाई जिल्लाकै एक उत्कृष्ठ वित्तिय सहकारीको रुपमा स्थापना गर्ने परिकल्पना भएको श्रेष्ठले बताए ।
सभामा कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आर्थिक प्रतिवेदन, महासचिव रामलाल श्रेष्ठले चालु आर्थिक बर्षको प्रतिबेदन तथा प्रस्तावित कार्यक्रम, लेखा सुपरिबेक्षण समितिका संयोजक कृष्णकुमार श्रेष्ठले सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमितिका संयोजक शिवकुमार श्रेष्ठले ऋण उपसमितिको प्रतिवेदन, शिक्षा उप समितिका संयोजक विनोदमान श्रेष्ठले शिक्षा समितिको प्रतिवेदन पारीत गरेको छ ।
कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुका साथै नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
