२१ कात्तिक २०८३, शनिवार

सहकारीमार्फत बङ्गुरपालनका लागि अनुदान

२०७१ मंसिर २५, बिहिबार
सहकारीमार्फत बङ्गुरपालनका लागि अनुदान

म्याग्दी । जिल्ला पशुसेवा कार्यालय म्याग्दीले यस वर्ष दुईवटा सहकारी संस्थालाई सामूहिक बङ्गुरपालनका लागि अनुदान रकम विनियोजन गरेको छ ।
बङ्गुरपालनको माध्यमबाट रोजगारी सिर्जना, समुदायको आय वृद्धि र स्थानीय बजारमा मासुको आपूर्ति सहज बनाउने उद्देश्य लिइएअनुरुप दुईवटा संस्थालाई १६ लाख ५० हजारभन्दा बढी अनुदान रकम छुट्याइएको हो ।
बेनी नगरपालिका–२ रत्नेचौर अर्जमको देउराली सहकारी संस्था र बेनी डम्मराको म्याग्दी बङ्गुरपालन सहकारी संस्थालाई अनुदान उपलब्ध गराउन जिल्ला कृषि विकास समितिको बैठकले बजेट विनियोजन गरेको पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक दयाराम चापागाईंले जानकारी दिनुभयो ।
ती संस्थाले बङ्गुरपालनका लागि खोर निर्माण, पाठापाठी खरिद, विद्युत् जडान, खानेपानी आपूर्ति र दानापानीको व्यवस्थाका लागि रु आठ लाख ३० हजारका दरले रु १६ लाख ६० हजार  अनुदान प्राप्त गर्ने छन् ।
गत वर्ष बिम बहुउद्देश्यीय सहकारी संस्थाले बङ्गुरपालनका लागि उक्त अनुदान प्राप्त गरेको थियो ।

अभिलेख

लोकप्रिय