राष्ट्रिय सहकारी बैंकको नाफा घट्यो

काठमाडौं । देशभरका सहकारी संघ संस्थाहरुको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको खुदनाफा घटेको छ ।
आर्थिक वर्ष २०६९/०७० को तुलनामा आर्थिक वर्ष २०७०/०७१ मा ९९ लाख ३७ लाखले घटेको हो । कर्जा लगानी उल्लेख्य रुपमा बढेपनि खुदनाफा भने घटेको छ ।
बैंकको आर्थिक वर्ष २०६९/०७० मा खुदनाफा ९ करोड ९९ लाख ८३ हजार रहेकोमा आर्थिक वर्ष २०७०/०७१ मा ९ करोड ४६ हजार मात्र रहेको छ । बैंकले आ.व २०६९/०७० मा बैंकको कर्जा लगानी ३ अर्ब २१ करोड ११ लाख २६ हजार रहेको थियो । त्यस्तै आ.व २०७०/०७१ बैंकको लगानी ३ अर्ब ९६ करोड ३७ लाख २७ हजार पुगेको थियो ।
बैंकमा हाल ७५ जिल्लाका ७ हजार २ सय ३८ सहकारी संघ संस्था शेयर सदस्य छन् । ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट हालसम्म ६६ करोड शेयर पूँजि संकलन, ८ अर्ब निक्षेप संकलन, ४ अर्व भन्दा बढी कर्जा लगानी र ९ अर्ब भन्दा बढीको कारोबार भैरहेको बैंकले जनाएको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार