दुध उत्पादनको लागत मूल्य नपाए केन्द्रिय दुग्ध सहकारी संघले आन्दोलन गर्ने
काठमाडौं । दुध उत्पादनको लागत मूल्य नपाए केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलवार कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि संघले किसानहरुले उत्पादन गरेको दुधको लागत मूल्य नपाएको भन्दै मूल्यवृद्धि नगरि चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावानी दिएको हो ।
संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले अघिल्लो वर्ष सरकारसँग भएको दुधको लागत मूल्य वृद्धि गर्ने सहमति बमोजिम चाडै मूल्यवृद्धि नगरिए आन्दोलन गर्ने बताए । उनले ४९ रुपियाँ ५८ पैसा लागत खर्च भइरहेको भन्दै मूल्यवृद्धिको माग गरिएको हो । प्रतिलिटर १२ रुपिंया ५८ पैसा दुध उत्पादनको लागत मूल्यमा घाटा भइरहेको भन्दै राज्यले द्ुध उत्पादन गर्ने किसानहरुको घाटा पूर्ति नगरिए दुधमा आत्मनिर्भर बन्दै गएको दुध पेशा नै बन्द हुने अवस्थामा पुगि सकेको उनले बताए ।
‘राज्यले प्रतिलिटर ३२ रुपियाँ देखि ३५ रुपियाँसम्मा खरिद गरिरहेको छ । करिब १३ रुपियाँ दुध उत्पादनको लागत घाटा किसानहरुले व्यहोरिरहेको छ ।’ उनले भने । उनले दैनिक ४ लाख दुध खपत रहेकोमा २ लाख लिटर दुध अपुग रहेको अवस्थामा राज्यले दुध उत्पादन पेशालाई संरक्षण नगरे दुग्ध पेशामा लागेका किसानहरु पेशा नै बन्द गर्ने अवस्थमा पुगेको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
