विद्यार्थीहरुका लागी वित्तिय साक्षरता सम्बन्धि कार्यशाला सम्पन्न

नवलपरासी । सहकारीको माध्यमबाट युवा तथा विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्नका लागी नवलपरासीको गैँडाकोटमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड गँैडाकोट, भिजन सञ्चार नेपाल काठमाडौं र अन्तराष्ट्रिय सहकारी महासंघ÷एशिया प्रशान्त युवा समित नयाँ दिल्ली भारतको संयुक्त आयोजनामा विजय विकास श्रोत केन्द्रको सभाहलमा ‘सहकारीको माध्यमबाट युवाहरुको लागी वित्तिय साक्षरता’ सम्बन्धि कार्यशाला सम्पन्न भएको हो । कार्यशालको उद्घाटन गर्दै सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले शिक्षा मन्त्रालयसंगको सहकार्यमा विद्यालयमा सहकारी शिक्षा लागु गर्ने पहल भैरहेको बताए ।
ऐन परिमार्जन गरेरै भएपनि सहकारी क्षेत्रलाई मजबुत गराउने उनको भनाई थियो । त्यसका लागी बचत गर्ने बानीका विकास अपरिहार्य रहेको पनि उनले बताए । कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय सहकारी महासंघ÷एशिया प्रशान्त युवा समितका अध्यक्ष डा. सुकेश जम्बरले युवा तथा विद्यार्थीलाई बचत गर्ने बानीको विकासका लागी नेपालमा बलियो सम्भावना रहेकाले सो कार्यक्रम नेपालबाट आफुँहरुले सुरु गर्न चाहेको बताए ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत बासुदेव भट्टराई, डिभिजन सहकारी कार्यालय चितवनका प्रशिक्षक कृष्ण नेपाल, विकु बचत तथा ऋण सहकारी संस्था लिमिडेटका संस्थापक अध्यक्ष तथा नेफ्स्कुनका पुर्व सञ्चालक खेमराज सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नवलपरासी र चितवन क्षेत्रका विभिन्न विद्यालयका प्राचार्य, अभिभावक, विद्यार्थी तथा सहकारीकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रम विकु बचत तथा ऋण सहकारी संस्था लिमिडेटका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार