२१ कात्तिक २०८३, शनिवार

मुस्ताङमा खानेपानी परियोजनाका लागि १ करोड

२०७१ मंसिर २१, आईतवार
मुस्ताङमा खानेपानी परियोजनाका लागि १ करोड

काठमाडौं । जिल्लामा खानेपानी परियोजना संचालनका लागि भारत सरकारले एक करोड ३ लाख सहयोग गर्ने भएको छ ।

परियोजना संचालनका लागि भारतीय दुतावास काठमाडौं, जिल्ला विकास समिति मुस्ताङ र मुक्तिनाथ खानेपानी परियोजना बीच आइतबार एक सम्झौता भएको छ ।

रानीपौवा र पुरानगाउँमा खानेपानीको अत्याधिक समस्यालाई ध्यानमा राखी सो परियोजना संचालन गर्न लागिएको हो । यस परियोजनाबाट सो क्षेत्रका २ सय ५० घरपरिवार लाभान्वित हुने जनाएको छ ।

खानेपानीको सहज उपलब्ध पछि यहाँको आर्थिक पक्षमा समेत सुधार हुने दुतावासले जनाएको छ । यस परियोजनाको अतिरिक्त मुस्ताङमा पाँच परियोजना सम्पन्न भएको र ५ आयोजना संचालनमा छन् । जिल्लामा ३ वटा एम्बुलेन्स समेत भारत सरकारले सहयोग गरेको छ ।

अभिलेख

लोकप्रिय