सहकारी मार्फत सामूहिक अदुवा र तरकारीखेती

बनेपा । काभ्रेपलाञ्चोकमा महिलाकोे आयआर्जन र आर्थिक पहुँचमा वृद्धि गर्न सामूहिक अदुवा र तरकारीखेती सुरु गरिएको छ ।
महिला तथा बालबालिका विकास कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा गौरीशङ्कर ग्रामीण महिला विकास सहकारी संस्था लिमिटेड गठन गरेर जिल्लाको पनौती नगरपालिका–९ स्थित मल्पिमा सो खेती सुरु गरिएको हो ।
यसबाहेक महिलाले अन्डा उत्पादनका लागि लेयर्स कुखुरापालनसमेत गरेका छन् । महिलाको आयआर्जन र आर्थिक पहुँच बढाउन यो प्रयासको थालनी गरिएको सहकारी संस्थाकी अध्यक्ष योगमाया आचार्यले बताइन । उनले अदुवामा झन्डै एक लाख ५० हजार लगानी भएको जानकारी दिँदै यसको बिक्री वितरण भने अझै सुरु नभएको बताइन ।
यस्ता कार्यक्रमले महिलालाई सामाजिक काममा प्रेरित गर्ने उल्लेख गर्दै महिला सशक्तीकरणका लागि नमुना काम भएको उनको भनाई छ ।
अहिले अदुवाको बजार भाउ त्यति राम्रो छैन, खेतबाट ल्याएर कोल्डस्टोरमा राखी बजार भाउ आएपछि बिक्री वितरण गर्ने गरेको अध्यक्ष आचार्यले बताईन । सामूहिक खेतीमा गौरीशङ्कर सहकारी संस्थाका झन्डै एक हजार ५०० महिला सहभागी छन् । उनीहरुले अदुवाखेतीसँगै काउली, गोलभँेडा, बन्दा, भन्टालगायतका बालीकोसमेत खेती गरेका छन ।
गौरीशङ्कर सहकारी संस्थाका व्यवस्थापक सत्कार बस्नेतले सामूहिक तरकारीखेतीमा मात्रै झन्डै एक करोड ५० लाख लगानी भएको जानकारी दिँदै महिलाको आयआर्जनका लागि सामूहिक तरकारीखेती दरिलो स्रोत भएको बताईन ।
त्यस्तै झन्डै एक लाख ५० हजारको हाराहारीमा महिलाले अन्डा उत्पादनका लागि लेयर्स कुखुरापालनमा समेत लगानी गरेर सातामा झन्डै १३ बाकस अन्डा बेचेर झन्डै पाँच हजार आम्दानी गरेको संस्थाकी सचिव पार्वती भण्डारीले जानकारी दिइन ।
गत वैशाखबाट सुरु भएको अन्डा उत्पादन कार्य एक वर्षसम्म रहिरहनेछ । यसले स्थानीयरुपमा हामीलाई आयआर्जन गर्न सजिलो भएको सचिव भण्डारीको भनाइ छ ।
महिला विकास कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख लक्ष्मी शाहले महिला सशक्तीकरणका लागि उग्रचण्डीनाला, पाँचखाल, बल्थलीलगायतका गाविस तथा नगरपालिकामा बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन लगायतका कार्यक्रम सञ्चालन भएको जानकारी दिइन ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार