जिल्लाभित्र सहकारी सुशासन कायम गर्न आग्रह
सिमरा । जिल्ला सहकारी समन्वय सञ्जाल बाराले जिल्लाभित्रका सहकारी संघसंस्थाहरुलाई सहकारी सिद्धान्त मूल्यमान्यता पालन गर्न सबै सहकारी संघ संस्थाहरुलाई आग्रह गरेको छ ।
आइतबार डिभिजन सहकारी कार्यालय कलैयामा सम्पन्न वैठकले उक्त आग्रह गरेको हो । जिल्लाभित्र कतिपय सहकारी संघसंस्थाहरुले समयमा लेखापरीक्षण गर्ने र सबै सदस्यहरुलाई सूचना र सक्रिय सहभागितामा वार्षिक साधारणसभा गरिरहेका छैनन । जिल्लाभित्र दुई तिहाई सहकारीहरुको साधारणसभा गर्न बांकी देखिएकोले तत्काल त्यसको संयोजन गरी जिल्ला विषयगत सहकारी संघ र डिभिजन सहकारी कार्यालयलाई जानकारी गराउनसमेत वैठकले निर्देश गरेको छ ।
जिल्ला सहकारी समन्वय सञ्जालका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न वैठकमा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष उद्धव भराई, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सत्तेन्द्र ठाकुर, जिल्ला मत्स्य उत्पादक सहकारी संघका उपाध्यक्ष प्रमोद जायसवाल, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख निरज अर्याललगायतको सहभागिता रहेको थियो ।
वैठकले जिल्लाभित्रका सबै सहकारी संघसंस्थाहरुलाई व्यवस्थित सञ्चालन, गुणस्तरीय सेवा प्रवाह, समुदायको जिविकामा परिवर्तन ल्याउन आग्रह गर्दै धेरै भएका र सञ्चालनमा कठिनाई भएका सहकारीहरुवीच एकीकरणका लागि सकारात्मक भई अघि बढन वैठकले आग्रह गरेको छ ।
वैठकले राष्ट्रिय सहकारी बैंकको बिराटनगरमा मंसिर २९ गते हुने एघारौं वार्षिक साधारणसभा, नेफ्स्कूनको काठमाण्डौंमा पुस ४ गते हुने तेइसौं वार्षिक साधारणसभा र नेपाल कृषि केन्द्रीय सहकारी संघको काठमाण्डौंमा पुस १७ गते हुने सातौं वार्षिक साधारणसभालाई भव्य बनाउन जिल्लाका सम्वद्ध सहकारी संघसंस्थाहरु र सहकारीकर्मीहरुलाई सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गरेको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार