सहकारीलाई अनुशासित र जोखिमरहित बनाउन एकीकृत सहकारी प्रणाली

बर्दिवास । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी क्षेत्रलाई अनुशासित र जोखिमरहित बनाउन नेफ्स्कूनले एकीकृत सहकारी प्रणाली लागु गर्ने तयारी गरिरहेको बताएका छन् ।
आज महोत्तरीको बर्दिवासस्थित बर्दिवास बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उक्त कुरा बताएका हुन् । सहकारी विशेषतः बचत तथा ऋण क्षेत्रका उपलव्धिहरुलाई संस्थागत गर्न र जोखिम तथा विकृतिहरुलाई हल गर्नका लागि नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तता लागु गर्न खोजिएको पौडेलले बताए ।
कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशिल सदस्यहरु र उत्कृष्ट कारोवारकर्ताहरुलाई सम्मान गरिएको थियो ।
उदघाटनसत्रपछि आयोजित बन्दसत्रमा अध्यक्ष सिंह र लेखा संयोजक भरत श्रेष्ठको प्रतिवेदन सुझावसहित पारीत गरेको छ ।
तीन वर्षअघि स्थापित संस्थामा हाल छ सय सदस्यहरुवीच चार करोडको कारोवार गरिरहेको छ । गत वर्ष संस्थाले नौ लाख वीस रुपैया मुनाफा आर्जन गरेको र सदस्यहरुले पन्ध्र प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार