७ वैशाख २०८२, आईतवार

सहकारीको सेयरमा लगानी गरेका कारण नेपाल फाइनान्स सङ्कटग्रस्त घोषणा

२०७१ मंसिर १८, बिहिबार
सहकारीको सेयरमा लगानी गरेका कारण नेपाल फाइनान्स सङ्कटग्रस्त घोषणा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्सको) लाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकले फाइनान्समा पूँजी पर्याप्तता नभएको, खराब कर्जा ५४ प्रतिशत भन्दाबढी भएको र संस्थागत सुशासन कायम गर्न नसकेको भन्दै बुधबार समस्याग्रस्त घोषणा गरेको हो ।

राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रलाई नियन्त्रण गर्ने अधिकार उसँग रहन्छ ।

राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले सो फाइनान्सले एउटै कम्पनी र आपसी सम्बन्ध भएका व्यक्तिलाई २५ प्रतिशत भन्दा बढी ऋण प्रवाह गरेको, नियमविपरीत सहकारी संस्थाको संस्थागत सेयरमा लगानी गरेको बताए ।

उनका अनुसार फाइनान्सले पूँजी वृद्धि गर्न नसकेको र मर्जर प्रक्रियामा पनि जाननसकेकाले समस्या थपिँदै गएको भएपनि खराब कर्जा सङ्कलन गरी व्यवस्थापन सुदृढ गरेमा पुनः पहिलेको अवस्थामा फर्कन सक्ने छ ।

फाइनान्सको चुक्ता पूँजी २२ करोड हुनुपर्नेमा अहिले १३ करोड ४८ लाख मात्र रहेको छ ।

पहिलो फाइनान्सका रुपमा स्थापित सो फाइनान्सको अध्यक्ष रविमान प्रधान छन् भने अब फाइनान्सले थप निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गर्न नपाउने भएको छ ।

त्यसैगरी रु दुई लाखभन्दा बढी निक्षेप फिर्ता गर्न र सम्पत्ति बेचबिखन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।

अभिलेख

लोकप्रिय