२१ कात्तिक २०८३, शनिवार

मध्यमाञ्चल क्षेत्रीय गोष्ठि हेटौडामा सम्पन्न

२०७१ मंसिर १७, बुधबार
मध्यमाञ्चल क्षेत्रीय गोष्ठि हेटौडामा सम्पन्न

मकवानपुर । नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले लागु गर्ने एकीकृत सहकारी प्रणालीको सन्दर्भमा मध्यमाञ्चल क्षेत्रीय गोष्ठि आज हेटौडामा सम्पन्न भएको छ ।

गोष्ठिको उदघाटन गर्दै नेफ्स्कूनका महासचिव परितोष पौड्यालले सहकारी अभियानलाई सुशासित, एकीकृत, गुणात्मक र विकृतिरहित बनाउन नेफ्स्कूनले एकीकृत सहकारी प्रणाली लागु गर्न खोजेको बताए । सहकारीहरु नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताका आधारमा सुशासित हुने र केन्द्रीय अनुगमन प्रणाली प्रभावकारी बनाउन खोजिएको पौडयालले बताए ।

नेफ्स्कून सञ्चालक तथा मध्यमाञ्चल संयोजक दीपक पनेरुको अध्यक्षतामा सम्पन्न गोष्ठिमा राष्ट्रिय सहकारी संघका सञ्चालक बद्रि लम्साल, नेफ्स्कूनका सञ्चालकहरु शान्ति अधिकारी, कृष्ण पौडेल, नवराज सापकोटालगायले आफ्नो धारणा राखेका थिए । गोष्ठिमा मध्यमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लाहरुका २५० भन्दा बढी सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

गोष्ठिमा समूहगत रुपमा स्रोतहरुमा पहुंच र एकरुपता, स्तरीय कार्यसञ्चालन, करारीय ऐक्यवद्धता र सुशासन एवम् नियमन गरी चार विषयमा छलफल गरी निष्कर्ष प्रस्तुत गरिदैछ ।

नेफ्स्कूनले मुलुकभर क्षेत्रीय गोष्ठि आयोजना गरेर एकीकृत सहकारी प्रणालीको वारेमा सुझाव र धारणा संकलन गर्दैछ । त्यसका निष्कर्षहरुको आधारमा पुस ४ गते वार्षिक साधारणसभाबाट नीतिगत निर्णय र कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । मुलुकभर हाइटेक विधिबाट सहकारीहरुको सञ्चालन र व्यवस्थापनलाई एकरुपता दिने, सञ्चालन नीति र व्याजदर एकरुपता, सहकारीहरुवीच अनिवार्य एकीकरण प्रक्रियामा लैजाने योजनामा नेफ्स्कून रहेको छ ।

अभिलेख

लोकप्रिय