नेफ्स्कूनको फिल्ड कार्यालय चितवनमा ५० लाख हिनामिना
काजी श्रेष्ठ
चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को फिल्ड कार्यालय चितवनमा ५० लाख भन्दा बढी हिनामिना भएको छ । फिल्ड कार्यालयका म्यानेजर रामबाबु अधिकारीले सो रकम हिनामिना गरेको नेफ्स्कूनले बताएको छ ।
अधिकारीले संस्थालाई ऋण प्रवाह गर्दा धेरै रकम स्विकृत गराई अन्य रकम आफूले लिएको नेफ्स्कूनले जनाएको छ । एउटा सहकारीलाई १८ लाख रुपैंया ऋण स्विकृती गरेको र सो संस्थालाई ९ लाख दिई ९ लाख रुपैंया हिनामिना गरेको नेफ्स्कूनका एक अधिकारीले बताए । यहि प्रकारले रकम हिनामिना गरेको र हिनामिनाको रकम करिब ५२ लाख रहेको ति अधिकारीले बताए ।
हिनामिनामा फिल्ड कार्यालयकै अर्का कर्मचारी कृष्णकला तिवारीको पनि सहभागीता रहेको बुझिएको छ । नेफ्स्कूने दुबै जनालाई अनुसन्धान गरीरहेको छ । रकम हिनामिना गरेको खुलासा भएपछि उनको सम्पती रोक्का गरेको छ । अधिकारीले हिनामिना गरेको रकम मध्ये १० लाख फिर्ता गरेको बुझिएको छ ।
फिल्ड कार्यालयको संयोजकमा शान्ति अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा नवराज रापकोटा, इन्द्रज्योती पौडेल, तेजेन्द्र खड्का लगायतका छन् । हाल नेफ्स्कूनको १० वटा फिल्ड कार्यालय रहेका छन् । यि फिल्ड कार्यालयबाट नेफ्स्कूनले वित्तिय कारोबार गर्दै आएको छ ।
तस्बिर : काजी श्रेष्ठ
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार
ज्येष्ठ सदस्यको आँखामा खुसी, बुडोल सामुदायिक साकोसको सम्मानमा आत्मीयता
१५ आश्विन २०८३, बिहीबार
८ प्रतिशत लाभांश पारित गर्दै जनसेवी साकोसको सातौँ साधारण सभा सम्पन्न
११ आश्विन २०८३, आईतवार