सहकारी एकीकरण अभियानको पक्षमा नेफ्स्कून रहेको महासचिव परितोष पौड्यालको कथन

सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव परितोष पौड्यालले सहकारीको एकीकृत सञ्चालन प्रणाली र एकीकरण अभियानको पक्षमा नेफ्स्कून रहेको बताएका छन् ।
सोमबार सर्लाहीको हरिवनमा आयोजित जिल्ला बचत तथा ऋण सहकारी संघको पांचौ वार्षिक साधारणसभाको उदघाटन गर्दै पौडेलले सहकारी जागरणबाट सशक्तीकरण र गुणात्मक विकासको चरणमा अग्रसर रहेको बताए । पौड्यालले सहकारी संघसंस्थाहरुलाई सुशासित र मर्यादित बनाउन सहकारीकर्मीहरु क्रियाशिल हुन आग्रह समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक तथा हरिवन फिल्ड कार्यालयका संयोजक कृष्ण पौडेलले सर्लाहीले मध्यतराईको सहकारी अभियानमा पुर्याएको योगदानको चर्चा गर्दै यसलाई अनुशासित र गुणात्मक बनाउन सबैले ध्यान दिनुपर्ने बताए । नेफ्स्कूनका सञ्चालक दीपक पनेरुले तराईका सहकारीहरुलाई कृषि क्षेत्रको समृद्धिसंग जोडनुपर्ने त्यसका लागि बचत तथा ऋण सहकारीहरुले अभियान चलाउनुपर्ने बताए ।
कार्यक्रममा उत्कृष्ट तथा सहयोगी सहकारीहरु बागमती स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था, जयमां सन्तोषी महिला, जनमुखी, श्रीहरि, ग्रामिण युवा, सगुन सहकारी तथा सहकारी अयिभन्ताहरु बलबहादुर कार्की, सुरेन्द्रलाल कर्ण र महम्मद अख्तर अन्सारीलाई सम्मान गरिएको थियो ।
उदघाटन सत्रपछि आयोजित बन्दसत्रले बाबुराम घिमिरेको अध्यक्षतामा नयां सञ्चालक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष हरेन्द्र रावत, सचिव जवाहरलाल यादव, कोषाध्यक्ष विन्दु चालिसे, सञ्चालकहरु लालबाबु महतो, पांचु महतो, झगरु साह, भगवती ढकाल, सुभद्रा महतो हुनुहुन्छ । त्यसैगरी लेखा समितिमा संयोजक श्यामबाबु कार्की र सदस्यहरु बहादुरसिंह खडका र सन्तोष आचार्य रहेका छन् ।
करीव ८७ बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेको संघले जिल्लाको सहकारी अभियानको अगुवाई गरिरहेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार