२१ कात्तिक २०८३, शनिवार

करोड भन्दा कम कारोबार गर्ने सहकारीलाई आयकर छुटको प्रस्ताव

२०७१ मंसिर १६, मङ्गलबार
करोड भन्दा कम कारोबार गर्ने सहकारीलाई आयकर छुटको प्रस्ताव

काठमाडौं । वार्षिक एक करोड रुपैंयाँ भन्दा कम कारोबार गर्ने सहकारी संस्था, सहकारी संघ र राष्ट्रिय सहकारी बैंकलाई पूरै आयकर छुट दिने ब्यवस्थासहितको सहकारी ऐन मस्यौदा २०७१ तयार भएको छ । उक्त मस्यौदालाई राष्ट्रिय सहकारी विकास बोर्डले ब्यवस्थापिका संसदको अर्थ समितिमा पठाएको छ । मस्यौदामाथि अर्थ समितिले मंगलवारदेखि छलफल गर्दैछ ।

बोर्डले दिएको जानकारी अनुसार सहकारी ऐनको मस्यौता २०७१ मा ग्रामीण समुदायमा सञ्चालित संस्था, संघ वा बैंकलाई भने आयकर लाग्नेछैन । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकामा संचालित संस्था संघ वा बैंकको आयमा जगेडा कोष छुट्याएपछि मात्र कर लाग्नेछ । त्यस्तो कर पनि अत्यन्त न्युन तोकिनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

मस्यौदाका अनुसार महानगरपालिका क्षेत्रमा संचालित संस्था, संघ वा बैंकिङ आयमा दश प्रतिशत, उपमहानगर क्षेत्रमा सञ्चालितहरुलाई सात प्रतिशत र नगरपालिका क्षेत्रमा संचालितहरुको आयमा पाँच प्रतिशत मात्र आयकर लाग्नेछ ।

मस्यौदाको परिच्छेद १३ को दफा ९४ मा संस्था, संघ र बैंकको सेयर लाभांश र ब्याजमा कर नै नलाग्ने ब्यवस्था गरिएको आजको आर्थिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय