२१ कात्तिक २०८३, शनिवार

समितीभेज हस्पीटल्सको नेपालमा सेवा विस्तार

२०७१ मंसिर १२, शुक्रबार
समितीभेज हस्पीटल्सको नेपालमा सेवा विस्तार

काठमाडौं । दक्षिणपूर्वी एशियाको प्रशिद्ध अस्पतालमध्येको एक समितीभेज हस्पीटल्स्ले नेपालमा पनि सेवा विस्तार गरेको छ । थाइल्याण्डको राजधानी बैंककको मुटुमा अवस्थीत अस्पतालले आजदेखि नेपालबाट पनि सेवा दिने भएको हो ।
अस्पतालले नेपालीहरुलाई सेवा दिनको लागि स्थानिय प्रतिनिधिको रुपमा स्पीडवे फ्रेट सर्भिस प्रालिलाई तोकेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अस्पतालका इन्टरनेशनल प्रोजेक्ट डिपार्टमेन्टका म्यानेजर लीनिन फिमसेनी र स्पीडवे फ्रेट सर्भिसका प्रबन्ध निर्देशक राजु श्रेष्ठबिच सहमति पत्र आदान प्रदान भयो ।
उक्त कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत महामहिम कान्थोंग उनाकूल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
स्थानीय प्रतिनिधिको रुपमा स्पीडवेले सेवा लिन चाहने आवश्यक व्यक्तिहरुलाई सहयोग गर्नुका साथै समितीभेज अस्पतालको बारेमा विस्तृत जानकारी दिनेछ । त्यसैगरी आवश्यकता अनुसार समितीभेजमा विशेषज्ञ डाक्टरहरुको अप्वाइन्टमेन्ट लिने, थाइल्याण्डको भिसा प्रकृया मिलाउने, समितीभेज अस्पतालमा ट्र«ान्सफर सेवालगायत काम गर्नेछ । स्पीडवेले नेपाली विरामीहरुको लागि समितीभेज अस्पताल, थाइल्याण्ड जानको लागि आवश्यक ट्र«ाभल तथा टिकट सेवाका साथै एयरपोर्ट सेवापनि प्रदान गर्नेछ ।
स्पीडवेका प्रबन्ध निर्देशक राजु श्रेष्ठले ख्यातीप्राप्त समितीभेज अस्पतालको लागि नेपालमा स्थानिय प्रतिनिधिकोरुपमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “अब नेपाली विरामीहरुले पनि ख्यातिप्राप्त समितीभेज अस्पतालको सेवा सहजरुपमा लिन सक्नेछन् ।” उहाँले भन्नुभयो, “नेपाली बिरामीहरुले स्थानियस्तरमा नै आवश्यक सेवा र सल्लाह प्राप्त गर्नेहुँदा समय र पैसाको बचत हुने हाम्रो विश्वास छ ।”
समितीभेज अस्पतालको सेवा र जानकारी लिन चाहने नेपालीहरुको लागि ठमेलमा नेपाल प्रतिनिधि कार्यालय खोलिएको छ । उक्त कार्यालयबाट यस अस्पतालको सेवा र सुविधाको बारेमा सम्पूर्ण जानकारी लिन सकिने व्यवस्था मिलाईएको छ ।

अभिलेख

लोकप्रिय