२१ कात्तिक २०८३, शनिवार

नेपाल राष्ट्र बैंकसँग ४२ अर्बको तरलता

२०७१ मंसिर १२, शुक्रबार
नेपाल राष्ट्र बैंकसँग ४२ अर्बको तरलता

काठमाडौं । नेपाल राष्ट्र बैंकसँग अहिले ४२ अर्ब तरलता रहेको छ । विभिन्न वाणिज्य बैंकले लगानी, ऋण तथा कर्जा प्रवाह गर्न नसक्दा तरलतामा वृद्धि भई सो रकम राष्ट्र बैंकमा निष्क्रिय भएर बसेको हो ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि दुई अर्ब छुट्याइए पनि बाँकी रु ४० अर्बको भने ब्याज वाणिज्य बैंकलाई तिर्नु परिरहेको बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले विभिन्न वाणिज्य बैंकसँग रु १७ अर्ब अधिक तरलताको अवस्थामा छ ।

यस्तो अवस्थामा विभिन्न बैंकले निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजदरमा कमी आउँछ । त्यस्तै बैंकले बजारमा कर्जा प्रवाह गर्न सकेमा निक्षेपकर्ताको ब्याजदर बढ्ने अर्थशास्त्रको नियम
छ ।
गत वर्ष सरकारी ढुकुटीमा ३४ अर्ब ६० करोड थुप्रिएकोमा यो वर्ष बढेर ६४ अर्ब ५४ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा विकास खर्च एक अर्ब ८१ करोड छ । गत वर्षको सोही अवधिमा सो खर्च दुई खर्ब १५ करोड नाघेको थियो ।

यस बर्ष सरकारले समयमै बजेट ल्याएर कार्यान्वयन गरेको भए पनि विकास खर्च गत वर्षभन्दा अहिले कममात्र खर्च भएको छ ।

अभिलेख

लोकप्रिय