१५.७९ प्रतिशत नगद लाभांश बाढ्दै सिभिक बैंक
धादिङ । धादिङ जिल्लामा मुख्य कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैंकले आफ्ना शेयर सदस्यहरुलाई मुनाफा बितरण गर्ने भएको छ ।
मंसिर ८ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक बर्ष २०७०/७१ को मुनाफाबाट शेयरधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले वताए ।
यसैगरी बैकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्न निर्णयको लागि साधारण सभामा प्रस्ताव पेश गर्ने भएको छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको बैकको बैरनी र आरुघाटमा शाखा तथा धादिङबेसीको पुच्छारबजार, आदमघाट र सल्यानटारमा एक्सटेनसन् काउण्टर रहेको छ भने धादिङबेसीको सिरानबजार र बैरेनी गाविसको गल्छीमा सिमित बैंकिङ्ग इकाई संचालनमा रहेको बैकले जनाएको छ ।
अधिकृत पूंजी १० करोड, जारी तथा चुक्ता पूंजी ५/५ करोड रहेको यस बैंकको १ः१ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूंजी रु.१० करोड पु¥याई अन्य दुई जिल्लामा कार्य विस्तार गर्ने योजना रहेको पनि महाप्रवन्धक वज्राचार्यले वताए । बैंकको ५ औं वार्षिक साधारणसभा आगामी पौष १९ गते हुने भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
