१ फागुन २०८१, बिहिबार

छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै अठारौँ सार्क शिखर सम्मेलन समापन

२०७१ मंसिर ११, बिहिबार
छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै अठारौँ सार्क शिखर सम्मेलन समापन

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन छत्तीसबुँदे काठमाडौ घोषणापत्र जारी गर्दै आज (बिहिबार) सम्पन्न भएको छ ।

सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहबीच शिखर सम्मेलन समापन गरेका हुन् । सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री कोइरालाले सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने घोषणा गरे । समारोहमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनको व्यवस्थापन भव्यरुपमा आयोजना गरेकामा नेपाल सरकार र नेपाली जनताप्रति धन्यवाद दिए ।

उनले सार्कको आगामी शिखर सम्मेलन आयोजना गर्ने अवसर पाकिस्तानलाई प्राप्त भएकामा खुसी व्यक्त गर्दै पाकिस्तानमा पाहुनालाई स्वागत गर्न आफू आतुर रहेको बताए । काठमाडाँै घोषणापत्रमा ऊर्जा, स्वास्थ्य, शिक्षा, युवा, महिला बालबालिका, सामाजिक सुरक्षा, दूरसञ्चार, आतङ्कवाद नियन्त्रण, कृषि तथा खाद्य सुरक्षा, गरिबी निवारण, वातावरण, विज्ञान तथा प्रविधि जस्ता विषय समेटिएका छन् ।

अभिलेख

लोकप्रिय