चार बजे देखि सार्कको १८औं शिखर सम्मेलनको बन्दसत्र
रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुग्नुभएका सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु अपराह्नमात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
उनीहरु फर्कीए भएलगत्तै सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा १८औँ शिखर सम्मेलनको बन्दसत्र सुरु भएको घोषणा गर्नेछ ।
काठमाडौं । सार्क को १८औं शिखर सम्मेलनको बन्दसत्र आज अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ ।
बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलनको स्थान र मिति तय हुनेछ भने त्यसपछि सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुले संयुक्त रुपमा १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गर्नेछ ।
प्रधानमन्त्री कोइरालाले अपराह्न ४:०९ बजे निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन आयोजना गर्ने मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ ।
अपराह्न ४:२२ बजे प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गरेपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन हुनेछ ।
सम्मेलन समापनपछि फोटोसत्र हुनेछ, जसमा पहिले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले फोटो खिचाउने काम हुन्छ । त्यसपछि सदस्य मुलुकका विदेश मन्त्री र विदेश सचिवहरुसमेत त्यसमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार