भट्टेडाँडामा रहेको द्वारिकाज होटलमा राष्ट्राध्यक्ष/ सरकार प्रमुख रिट्रिटमा
काठमाडौं । सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष÷ सरकार प्रमुख रिट्रिटका लागि आज बिहान पर्यटकीय नगर काभ्रेको धुलिखेल प्रस्थान गरेका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटलमा विशिष्ट पाहुनाहरू रिट्रिटमा सहभागी हुनेछन् । रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आकर्षणका रूपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ ।
रिट्रिटका समयमा सहभागी राष्ट्र÷सरकार प्रमुखबीच खुलेर एकआपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ । दुईदिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ ।
शिखर सम्मेलनको दोस्रो दिन आयोजक राष्ट्र नेपालले धुलिखेलमा यसप्रकारको खानपानसहितको विश्रामको व्यवस्था मिलाएको हो ।
तीनसय रोपनीमा फैलिएको होटल द्वारिकाजबाट उत्तरी क्षेत्रमा फैलिएको मनोरम हिमशृङ्खला, पहाडी भू–भाग र जनजीवनको सजिलै अवलोकन गर्न सकिन्छ । अत्याधुनिक सुविधा सम्पन्न सो होटलमा विशेषतः पाहुनालाई स्थानीय उत्पादनका परिकार उपलब्ध गराउँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार