५ चैत २०८१, मङ्गलबार

बांकेका सहकारी संस्थाहरुवीच अन्तरिक्रियात्मक भेला

२०७१ मंसिर ११, बिहिबार
बांकेका सहकारी संस्थाहरुवीच अन्तरिक्रियात्मक भेला

बाँके । जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भेलामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानका विकृति र जोखिमहरुलाई न्युनीकरण गर्दै गुणात्मक विकासमा सहकारी संघसंस्थाहरुलाई दृढ प्रतिवद्धतासाथ लाग्न आग्रह गरे । सहकारी अभियानलाई एकीकृत स्वरुपमा अघि बढाउने तयारी नेफ्स्कूनले गरिरहेको बताउदै कानूनी र नीतिगत रुपमा सहकारीहरुको अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन राज्यसंग आग्रह उनको थियो ।

सहभागी सहकारीकर्मीहरुले सबै बचत तथा ऋण सहकारी संस्थाहरुले सहकारीलाई सुशासित र जोखिमरहित बनाउनका लागि नेफ्स्कूनको भूमिकाको प्रभावकारिताको अपेक्षा गरेका थिए । बांके जिल्लामा ९६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन जसमध्ये सहकारी अभियानमा ५० वटा संस्थाहरु आवद्ध छनर ।

अभिलेख

लोकप्रिय