२१ कात्तिक २०८३, शनिवार

शुरु भयो १८ औं सार्क शिखर सम्मेलन, नेपाललाई सार्कको अध्यक्षता

२०७१ मंसिर १०, बुधबार
शुरु भयो १८ औं सार्क शिखर सम्मेलन, नेपाललाई सार्कको अध्यक्षता

नेपाललाई सार्कको अध्यक्षता
सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले १८ औँ शिखर सम्मेलन सञ्चालनका निम्ति प्रधानमन्त्री सुशील कोइरालालाई ‘ग्याभल’ हस्तान्तरण गरेको छ ।
त्यसअघि राष्ट्रपति गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गरेर अध्यक्षताका निम्ति निर्वाचनको प्रस्ताव गरेपछि सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले त्यसलाई अनुमोदन गरेको थियो ।
सार्क वडापत्रअनुसार अघिल्लो शिखर सम्मेलन आयोजक मुलुकले पछिल्लोपटक शिखर बैठक आयोजना गर्ने देशलाई सार्कको अध्यक्षता हस्तान्तरण गर्ने प्रावधान छ ।
सार्कको अध्यक्षता ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आगामी दिनमा पनि नेपालको प्रतिबद्धता यसअघि झै कायम रहने बताए ।

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले पानसमा बत्ति बारेर गरे ।

सम्मेलनस्थलमा वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । सभागृहको बाहिर र भृकुटीमण्डप वरिपरि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।

सम्मेलनस्थलमा सबैभन्दा पहिले अफगानिस्तानका राष्ट्रपति अर्सफ घानी आइपुगेका थिए । वर्णानुक्रमाअनुसार उनीहरू सम्मेलनस्थलमा पुगेका हुन् ।

लाइभ भिडियो हेर्नुहोस्

अभिलेख

लोकप्रिय