२१ कात्तिक २०८३, शनिवार

सम्बोधनमा के-के भने राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुले

२०७१ मंसिर १०, बुधबार
सम्बोधनमा के-के भने राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुले

sarif
 
नवाज सरिफ
प्रधानमन्त्री, पाकिस्तान
दक्षिण एसिया क्षेत्रलाई विवादरहित, शान्त र समृद्ध बनाउन सबैको सामूहिक कार्य र सहयोगको अपेक्षा छ । यही सम्मेलनमार्फत दक्षिण एसियालाई यसै नाराबमोजिम अगुवाइ गर्न सबैलाई आह्वान गर्दछु ।
समृद्धिका लागि सबैको साझा समस्याका रुपमा रहेको आतङ्कवाद र गरिबी निवारणको मुद्दामा ऐक्यबद्धरुपमा लाग्न पनि आह्वान गर्दछु । दक्षिण एसियाली क्षेत्रमा सामाजिक एवम् आर्थिक रुपान्तरणका लागि महिला सशक्तीकरण, गरिबी निवारण, स्वास्थ्य र शिक्षामा पहुँच एवम् सुधार गर्नेतर्फ सार्कका आगामी कार्यक्रमलाई लक्षित गर्नुपर्छ । दक्षिण एसियाली क्षेत्र विश्वको कम्तीमा पनि पाँच भागको एकभाग जनसङ्ख्या रहेको क्षेत्र हो ।
यहाँ १५ देखि २४ वर्षको युवा शक्ति करिब पाँच भागको एक भाग बसोवास गर्ने हुँदा आगामी दिनमा यो शक्तिलाई सम्बोधन गरी उनीहरुको भविष्यलाई उज्ज्वल बनाउनेतर्फ हाम्रा कार्यक्रम लक्षित हुनुपर्छ ।
मोहम्मद असरफ घानी
राष्ट्रपति, अफगानिस्तान
मुठभेडबाट नभई आपसी सहकार्य र समन्वयबाट क्षेत्रीय विकासका लक्ष्यहरु हासिल गर्न पहल गर्नुपर्छ । सार्क क्षेत्रमा दूरसञ्चार, रेलमार्ग र हवाईमार्गको सम्पर्कबाट सार्क सदस्य मुलुकहरुलाई एकापसमा जोड्ने काम हुनुपर्दछ ।
पूर्वाधार विकास यस क्षेत्रको उन्नति र समृद्धिको पूूूर्व शर्त हो । वर्तमान विश्वलाई विभिन्नखालका वाकयुद्ध र तनाबबाट मुक्त बनाउने काम सबैका लागि प्रमुख चुनौतीको विषय हो ।
सुशील कोइराला
प्रधानमन्त्री, नेपाल
प्रधानमन्त्री सुशील कोइरालाले आफू सार्कको उदेश्य र भावनालाई बुझेर अगाडि बढ्ने छु । गरिवी निवारण, जलवायु परिवर्तन, आतंकवाद नियन्त्रण, सार्क राष्ट्रबीचको सम्वन्ध थप विस्तार हुनुपर्छ ।
महिन्द्रा राजापाक्षे
राष्ट्रपति, श्रीलंका
दक्षीण एशियाका जनाताले सार्कलाई महत्व दिएको छ । विकासका लागि सबै चनाखो हुनुपर्ने आवश्यकता छ । धर्म, सँस्कृति, भाषामा कतिपय समानता भएको रहेको छ । उनले परम्परागत दृष्टिका कारण सहकार्यमा समस्या भएको समेत हो । श्रीलंककाले आतंकवादको अन्त्य गरेको छ । आतंकवादको अन्त्यसँगै विकास र स्थायित्व प्राप्त हुनेछ ।
शेख हसिना
प्रधानमन्त्री, बंगलादेश
शान्ति र विकासको वाधक गरिवी भएको छ । महिला शसक्तिकरणमा अझै प्रगतिको आवश्यकता रहेको छ । सार्क राष्ट्रबीच वहुआयामिक ढंगले एकता र सहकार्यको आवश्यकता छ ।
नरेन्द मोदी
प्रधानमन्त्री, भारत
मुम्बै हमलाको दलदल अझै बाँकी रहेकाले त्यस्ता घटनाको विरुद्ध सार्क मुलुक एक हुनुपर्छ । सार्कबीच रेल, रोड र विजुलीका काम गर्न जरुरी भएको छ । ३ वर्षदेखि ५ वर्षे सार्क राष्ट्रकामा व्यापार भिषाको प्रस्ताव गर्दछु । भारत पाकिस्तानसँग सहकार्य गर्न तयार छ । हरेक देशसँग अगल अलग सम्भावना छ ।
अवदुल्लाह यामिन
राष्ट्रपति, माल्दिभ्स
सार्कको संरचना र भूमिकामानै हेरफेर गर्नुपर्ने देखिएको छ । सार्क सदस्य राष्ट्रबीच सम्बन्ध विस्तार दु्रत गतिमा हुनुपर्छ । सार्कको गरिवी निवारण, समामाजिक, आर्थिक र शैक्षिक विकासमा जोड दिनुपर्ने देखिएको छ ।
छिरिङ तोब्गे
प्रधानमन्त्री, भुटान
सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध अन्त्य गर्नु पर्छ । नेपाल बुद्धको भूमी र शान्तिको सन्देश दिने मुलुक हो । सार्क सदस्य राष्ट्रहरू सार्कलाई बलियो बनाउन क्षेत्रीय सहकार्यमा प्रतिवद्ध हुनुपर्छ । सार्क क्षेत्रमा जलवायु परिवर्तन र प्राकृतिक प्रकोपको समस्यालाई महत्वपूर्ण ऐजेण्डाका रुपमा अघि सार्नुपर्छ ।

अभिलेख

लोकप्रिय