दियोले १५ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । दियो सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले शेयर धनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । सहकारीको काठमाडौंमा आईतवार सम्पन्न छैटौं साधारणसभाले १५ प्रतिशत नगद लाभाशं दिने निर्णय गरेको अध्यक्ष विकास थापाले जानकारी दिए ।
साधारणसभाले कोषाध्यक्ष कृष्णराज बिष्ट प्रस्तुत गरेको आर्थिक वर्ष २०७०÷७१ को आर्थिक प्रतिवेदन पारित गरेको छ । प्रतिवेदअनुसार संस्थाले समिक्षा अवधिसम्ममा ६१ लाख ६३ हजार २ सय शेयर पूंजी र ८ करोड ५३ लाख ५३ हजार वचत संकलन गरी ७ करोड ८० लाख ३१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । उक्त अवधिमा संस्थाले २७ लाख २७ हजार मुनाफा आर्जन गरेको हो ।
संस्थाको छैठौं बार्षिक साधारण सभाको अवसर पारेर रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त अवसरमा ८५ जना व्यक्तिले रक्तदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
