काठमाडौँ–दिल्ली बस सेवा सुरु, १८ घन्टामा दिल्ली पुगिने
काठमाडौं । नेपाल र भारतबीच औपचारिक रुपमा बस सेवा सुरु भएको छ ।
बस सेवाको औपचारिक उद्घाटन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे । बा३ख ४१६९ नंको ३५ सिट क्षमताको वातानुकूलित बसबाट सो सेवा सुरु गरिएको हो ।
काठमाडौँ र दिल्ली मार्गमा सरकारी तहमा बस सेवा सञ्चालन हुन लागेको यो पहिलो पटक हो । बस सेवा सञ्चालनसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव विष्णुओम बादे र भारतका तर्फबाट निरज बर्माले हस्ताक्षर गरे ।
सहज रुपमा यातायात सेवा प्रदान गर्ने उद्देश्यका साथ बस सेवा सञ्चालन गरिएको हो । काठमाडौँ– भैरहवा–दिल्ली मार्गमा चल्ने बसबाट काठमाडौँदेखि भारतको राजधानी नयाँ दिल्ली पुग्न लगभग १८ घन्टा लाग्नेछ ।
पर्यटकीय सुविधासहित दैनिक दुई बस काठमाडौँ र नयाँ दिल्लीबाट छुट्ने छ । नयाँ दिल्लीमा पनि भारतीय यातायातमन्त्री नितिश गड्करीले काठमाडौँ–दिल्ली बस सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । सो मार्गमा चल्ने बसको एकतर्फी भाडा तीन हजार ६०० लाग्नेछ ।
यसअघि निजी क्षेत्रबाट सो मार्गमा बस सेवा सञ्चालनमा ल्याइएका थिए । नेपाल र भारतका नागरिकलाई सहज रुपमा एक अर्का मुलुकमा आवतजावतका लागि उक्त बस सेवा प्रभावकारी हुने विश्वास लिइएको छ । यातायात व्यवस्था मन्त्रालयले लामो समयदेखि बस सेवा सञ्चालन गर्ने तयारी गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिए पनि नीतिगत अवरोध कायम
१० असार २०८३, बुधबार
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार