२१ कात्तिक २०८३, शनिवार

कान्तिपुर सहकारीको ५औं सधारणसभा सम्पन्न

२०७१ मंसिर ७, आईतवार
कान्तिपुर सहकारीको ५औं सधारणसभा सम्पन्न

पर्सा । कान्तिपुर बचत तथा ऋण सहकारी सस्था लि. विरगंज-१० को ५औं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सत्यराम शर्मा काफूलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख अरुण कुमार बस्नेत रहेका थिए ।

सभामा आ.व. २०७०/०७१ को लेखा प्रतिवेदन लेखा समितीका संयोजक अमित कुमार गुप्ताले प्रस्तुत गरेका थिए । कार्यक्रममा गरिब बिद्यार्थीलाई किताब कपी कलम झोला बितरण गरेको थियो ।

आ.ब. २०७०/०७१ को ३ करोड ५० लाखको कारोबार गरी १३ लाख ५७ हजार खुद नाफा गरेको छ । संस्थाको कुल शेयर सदस्य ३ हजार रहेका छन् ।

अभिलेख

लोकप्रिय