सहकारीका समस्या समाधान गर्न कडा निति चाहिन्छः अर्थविद् नेपाल
काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले सहकारीमा समस्या समाधान गर्न सहकारी नीति कडा निर्माण गर्नु पर्नेमा जोड दिएका छन्। फितलो कानुनका कारण सहकारी समस्यामा परेको उनको भनाई थियो ।
म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको शनिबार काठमाडौमा उद्घाटन गनुहुदै डा. नेपालले दैनिक रुपमा २ हजार युवाहरु विदेश जाने परम्पराला्ई रोक्नुपर्ने बताए । देश अब रेमिट्यान्सको साहरामा चल्न नसक्ने भन्दै डा नेपालले आत्मनिर्भर देश बनाउन राष्ट्रको स्रोत र साधनको अधिकतम प्रयोग अपरीहार्य रहेको बताए । सहकारीहरुले लगानीको क्षेत्र फराकिलो बनाउंदै लजानुपर्ने भन्दै उहाँले पुजीको सही सदुपयोग गर्न सकिएन भने भविश्यमा समस्या आईपर्ने उनको कथन थियो । पछिल्लो समय सरकारले पर्याप्त लगानीको वातावरण सिर्जना गरिरहेको भन्दै उहाँले भारतसंग भएको विद्युत व्यापार सम्झौता पनि त्यसैको परिणाम भएको टिप्पणी गरे । नेपालमा सहकारीको स्थापना र सञ्चालन भएको ६ दशक भएपनि थुप्रै द्धिविधाहरु विद्यमान भएको भन्दै उहाँले त्यसलाई स्पष्ट पार्न सरकारले छिट्टै नीति ल्याउन लागेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
