२१ कात्तिक २०८३, शनिवार

विरगंज सेभिङको संचालन मुनाफा साढे २६ लाख

२०७१ मंसिर ७, आईतवार
विरगंज सेभिङको संचालन मुनाफा साढे २६ लाख

देहाती । पर्सा जिल्लाको विरगंज स्थित विरगंज इन्भेष्टमेन्ट एण्ड सेभिङ को–अपरेटिभ सोसाईटी लिमिटेडको १६ औं साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष प्रमेश प्रसादको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख अरुण कुमार बस्नेत रहेका थिए ।

साधारणसभाले दिल्ली बिक्रम कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । नव निर्वाचित कार्यसमितिमको उपाध्यक्ष नागमणि उपाध्याय नितुज्य झा, सचिवमा गोविन्द प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रमान क्षेत्री र सदस्यहरुमा शंकर बहादुर श्रेष्ठ, पृथ्बी प्रसाद झा, प्रभु प्रसाद यादब, हिरालाल गिरी, ललिता श्रेष्ठ रहेका छन् ।

संस्थाले आ.ब. २०७०।०७१ मा १० करोड ५१ लाख ७२ हजार को कारोवार गरी २६ लाख ६१ हजार ८ सय ६६ रुपैया संचालन मुनाफा गरेको छ । संस्थाका सदस्य ३ हजार ४ सय ९८ जना रहेका छन् ।

अभिलेख

लोकप्रिय