२१ कात्तिक २०८३, शनिवार

सहकारीका समस्या समाधान गर्न कडा निति चाहिन्छः अर्थविद् नेपाल

२०७१ मंसिर ७, आईतवार
सहकारीका समस्या समाधान गर्न कडा निति चाहिन्छः अर्थविद् नेपाल

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार  तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले सहकारीमा समस्या समाधान गर्न सहकारी नीति कडा निर्माण गर्नु पर्नेमा जोड दिएका छन्। फितलो कानुनका कारण सहकारी समस्यामा परेको उनको भनाई थियो ।
म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको शनिबार काठमाडौमा उद्घाटन गनुहुदै डा. नेपालले दैनिक रुपमा २ हजार युवाहरु विदेश जाने परम्पराला्ई रोक्नुपर्ने बताए । देश अब रेमिट्यान्सको साहरामा चल्न नसक्ने भन्दै डा नेपालले आत्मनिर्भर देश बनाउन राष्ट्रको स्रोत र साधनको अधिकतम प्रयोग अपरीहार्य रहेको बताए । सहकारीहरुले लगानीको क्षेत्र फराकिलो बनाउंदै लजानुपर्ने भन्दै उहाँले पुजीको सही सदुपयोग गर्न सकिएन भने भविश्यमा समस्या आईपर्ने उनको कथन थियो  । पछिल्लो समय सरकारले पर्याप्त लगानीको वातावरण सिर्जना गरिरहेको भन्दै उहाँले भारतसंग भएको विद्युत व्यापार सम्झौता पनि त्यसैको परिणाम भएको टिप्पणी गरे । नेपालमा सहकारीको स्थापना र सञ्चालन भएको ६ दशक भएपनि थुप्रै द्धिविधाहरु विद्यमान भएको भन्दै उहाँले त्यसलाई स्पष्ट पार्न सरकारले छिट्टै नीति ल्याउन लागेको बताए ।

अभिलेख

लोकप्रिय