२१ कात्तिक २०८३, शनिवार

महोत्तरीका नौ सहकारीद्धारा स्वरोजगार कोषको रकम झ्वाम

२०७१ मंसिर ७, आईतवार
महोत्तरीका नौ सहकारीद्धारा  स्वरोजगार कोषको रकम झ्वाम

महोत्तरी । बेरोजगार युवाका लागि आएको रकम महोत्तरीका सहकारीले रोजगारमा आबद्ध भएका आफन्तलाई बाँडेर रकमको दुरुपयोग गरेको रहस्य खुलेको छ ।
बेरोजगार युवालाई आयमूलक कामका लागि आएको रकम महोत्तरीका नौवटा सहकारी संस्थाले रु ३० देखि ५० लाखसम्म ल्याएकामध्ये अधिकांश रकम दुरुपयोग भएको तथ्य बाहिर आएको हो ।
प्रमुख व्यापारिक केन्द्र बर्दिवासमा रहेका अधिकांश सहकारी संस्थाले मनपरी रुपमा रकम खर्च गरेका युवा स्वरोजगार कोष महोत्तरीका स्वयम्सेवक शशिकला दाहालले बताउनुभयो ।
व्यक्तिगत प्रभावमा परेर उक्त सहकारीले पहिलेदेखि नै गर्दै आएको किराना पसल, माछापालनलगायतका पुराना व्यवसायका नाममा स्वरोजगार कोषको रकम ऋण दिएर दुरुपयोग गरिएको दाहालले बताउनुभयो ।
महोत्तरीका सहकारीले बेरोजगार युवाका लागि आएको रकम रोजगारमा आबद्ध भएका युवालाई दिई बेरोजगार युवाको जीवनमाथि नै खेलबाड गरिरहेको स्थानीयवासीको आरोप रहेको छ ।

अभिलेख

लोकप्रिय