२१ कात्तिक २०८३, शनिवार

बारा कृषि महोत्सव तयारी पुरा

२०७१ मंसिर ७, आईतवार
बारा कृषि महोत्सव तयारी पुरा

बारा । कृषि विकास कार्यालय बाराको आयोजना र साना किसान कृषि सहकारी संघ लि. बाराको सहआयोजनामा हुन लागेको बारा कृषि महोत्सवको तयारी पूरा भएको छ ।

मेला गढीमाई मेला क्षेत्र वरियारपुरमा मंसिर ७ देखि १२ सम्म संचालन हुनेछ । मेलामा कृषि औजारहरु देखि कृषि उत्पादन, प्रशोधन र वजारीकरणका विषयहरु समेटेर ३६ वटा स्टलहरु राखिएका छन् ।

जसमा कृषि औजारहरु, दुग्ध उत्पादन, पुष्प खेती र व्यवसाय, माछा पालन, तरकारी खेती र प्रविधि, केरा खेती, च्याउ खेती, लगायत कृषि सहकारीका वित्तीय अवस्था, उत्पादन झल्काउने कृयाकलापहरु प्रस्तुत गरिएको छ ।

६ दिने उक्त बारा कृषि महोत्सवको उद्घाटन यही २०७१ मंसिर ७ गते ११ बजे माननीय युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक समितिका सदस्य नारायण क्षेत्रीले सहकारीखबरलाई जानकारी दिए ।

अभिलेख

लोकप्रिय