सहकारी नीति कार्यन्वयनमा सभामुख नेम्वाङको जोड
सभासद्हरू बालकृष्ण खाँड, ओमदेवी मल्ल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, सहकारी विभागका रजिस्टार विष्णुहरि पौडेल र राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले अहिले मुलुकले शान्ति, संविधान र समृद्धि खोजिरहेको र समृद्धिको काम सहकारीले गरिरहेको बताउँदै सहकारीले दूरगामी दृष्टि राखेर आफ्नो योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाले तीन करोड ३३ लाख ८० हजार राजस्व बुझाएको जानकारी दिए ।
आव २०७०÷७१ मा संस्थाले रु सात करोड ११ लाख ३७ हजार मुनाफा आर्जन गरेको थियो । आव २०६९÷७० मा कुल कारोबार रु दुई अर्ब ५७ करोड १२ लाख रहेकोमा चालु आवमा वृद्धि भई कुल कारोबार रु तीन अर्ब ३३ करोड ६८ लाख रहेको थियो ।
सेयर पुँजीतर्फ आव २०६९÷७० को कुल सेयर पुँजी रु २४ करोड ७७ हजार ४०० रहेकोमा आव २०७०÷७१ मा वृद्धि भई २५ करोड ६५ लाख ५३ हजार ४०० रहेको थियो ।
संस्थाका ललितपुर, काठमाडौँ र भक्तपुरमा तीन शाखा रहेका छन् । बाह्र हजार ८४१ सेयर सदस्य रहेको सो संस्थाको मुख्य लगानीमा लालीगुराँस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र सिन्धुपाल्चोक जिल्लाको लार्चा गाविस तातोपानीमा सञ्चालित भैरवकुण्ड हाइड्रोपावर प्रालि सञ्चालित छ ।
काठमाडौ । सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रिय सहकारी नीति बिधेयक संसदमा छिटो भन्दा छिटो पेश गर्न जोड दिएका छन् । श्री लालीगुरास बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै नेम्बाङले विधयक निर्माणका लागि जोडतोडले लाग्न अग्रह गरे । उनले नयाँ बन्ने संविधान पनि सहकारीमैत्री निर्माण गरिनेमा विश्वास दिलाए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
