२१ कात्तिक २०८३, शनिवार

प्रभु मनीको आयोजनामा ‘सुरक्षित रेमिट्यान्स तथा कम्प्लायन्स’ तालिम

२०७१ मंसिर ६, शनिवार
प्रभु मनीको आयोजनामा ‘सुरक्षित रेमिट्यान्स तथा कम्प्लायन्स’ तालिम

चितवन । प्रभु मनी ट्रान्स्फरले बुटवल, चितवन र  सिमराका एजेन्टहरुलाई ‘सुरक्षित रेमिट्यान्स तथा कम्प्लायन्स’ तालिम दिएको छ । ‘सुरक्षित तबरबाट रेमिट्यान्स भित्र्याउ’ भन्ने मुल नाराका साथ  तालिम दिइएको हो ।

बिशेष गरी सिमा क्षेत्रमा हुने चोरी, डकैती तथा रेमिट्यान्सको माध्यमबाट हुने सम्पती सुद्धिकरणका मुद्धाहरु लाई मध्यनजर गरी तालिम संचालन गरेको हो । तालिममा प्रभु मनी ट्रान्स्फरका तर्फबाट कम्प्लायन्स अफिसर श्याम राज गौतम, नारायणी अञ्चल इन्चार्ज भिम कार्की तथा प्रभु म्यानेजमेन्ट प्रा.लि. का तर्फ बाट बजार ब्यबस्थापक रोसन रखाल र प्राबिधिक बिष्णु घिमिरेले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा बिदेश बाट सुरिक्षित तबरले  प्रभु मनी ट्रान्स्फर मार्फत पैसा पठाउने र पाउन सकिने तथा सम्पति सुद्धिकणर ऐन २०६४ ले ब्यबस्था गरे अनुसार सहकारी सस्था,  रेमिटान्स कम्पनी तथा रेमिटान्स सदस्य संचालक (एजेन्ट) हरु को काम, कर्तब्य र दायित्व को बारेमा बिशेष चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, चितवन, मकवानपुर, बारा र पर्साका  प्रतिनिधी उपस्थिती रहेका थिए । उपस्थित सदस्यहरुले यो कार्यक्रम नौलो र ज्ञानबर्दक भएको प्रतिक्रिया दिएका थिए ।

अभिलेख

लोकप्रिय