प्रभु मनीको आयोजनामा ‘सुरक्षित रेमिट्यान्स तथा कम्प्लायन्स’ तालिम
चितवन । प्रभु मनी ट्रान्स्फरले बुटवल, चितवन र सिमराका एजेन्टहरुलाई ‘सुरक्षित रेमिट्यान्स तथा कम्प्लायन्स’ तालिम दिएको छ । ‘सुरक्षित तबरबाट रेमिट्यान्स भित्र्याउ’ भन्ने मुल नाराका साथ तालिम दिइएको हो ।
बिशेष गरी सिमा क्षेत्रमा हुने चोरी, डकैती तथा रेमिट्यान्सको माध्यमबाट हुने सम्पती सुद्धिकरणका मुद्धाहरु लाई मध्यनजर गरी तालिम संचालन गरेको हो । तालिममा प्रभु मनी ट्रान्स्फरका तर्फबाट कम्प्लायन्स अफिसर श्याम राज गौतम, नारायणी अञ्चल इन्चार्ज भिम कार्की तथा प्रभु म्यानेजमेन्ट प्रा.लि. का तर्फ बाट बजार ब्यबस्थापक रोसन रखाल र प्राबिधिक बिष्णु घिमिरेले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा बिदेश बाट सुरिक्षित तबरले प्रभु मनी ट्रान्स्फर मार्फत पैसा पठाउने र पाउन सकिने तथा सम्पति सुद्धिकणर ऐन २०६४ ले ब्यबस्था गरे अनुसार सहकारी सस्था, रेमिटान्स कम्पनी तथा रेमिटान्स सदस्य संचालक (एजेन्ट) हरु को काम, कर्तब्य र दायित्व को बारेमा बिशेष चर्चा गरिएको थियो ।
उक्त कार्यक्रममा रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, चितवन, मकवानपुर, बारा र पर्साका प्रतिनिधी उपस्थिती रहेका थिए । उपस्थित सदस्यहरुले यो कार्यक्रम नौलो र ज्ञानबर्दक भएको प्रतिक्रिया दिएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
