२१ कात्तिक २०८३, शनिवार

सहकारीका लागि छुट्टै कर नीति आवश्यक : डा चन्द्रमणि अधिकारी

२०७१ मंसिर ५, शुक्रबार
सहकारीका लागि छुट्टै कर नीति आवश्यक : डा चन्द्रमणि अधिकारी

बनेपा । सहकारीका लागि छुट्टै कर नीति आवश्यक भएको राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले बताएका छन् । बनेपा स्थित परिकल्पना बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभामा बोल्दै उनले नेपालको कर प्रणाली उत्पादनमूलक नभएको बताए ।

सहकारीको क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै अधिकारीले सहकारी ऐन, समयसापेक्ष नभएको धारणा राखे । निजी क्षेत्रले बढी मुनाफा खोज्दा उपभोक्ता ओझेलमा परेको र सहकारीले न्यायोचित मुनाफा वितरण गरेको बताए । संस्थाका अध्यक्ष पूर्णचन्द्र सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय